प्रचण्ड निकट नेताहरुलाई आधार मान्ने हो भने सरकार अहिले जसरी सञ्चालन भइरहेको छ त्यो उनलाई मन परेको छैन्। सरकार सञ्चालनबारे दाहालले केपी ओलीलाई हरेक छलफलमा सुझाव दिएका हुन्छन्। तर ओलीले त्यसलाई हुन्छ भन्ने तर फेरि पहिलाको जस्तै व्यवहार देखाउने उनीहरुको आरोप छ। सरकार र पार्टी एकै व्यक्तिले चलाउँदा पार्टी एकता प्रक्रिया टुंग्याउन ढिला भएको दाहाल निकट नेताहरु बताउँछन्। ति नेताका अनुसार बजेटमा पनि दाहालको केहि असन्तुष्टि हुनसक्ने उनले बताए। त्यसोत एकता प्रक्रियाको महत्वपूर्ण कामहरु अझैं बाँकि छन्। पोलिटव्यूरो गठनमा पनि दाहालले केहि हिस्सा बढी खोजेका हुनसक्छन्’ उनले भने। नागरिकमा खबर छ ।
प्रतिक्रिया