काठमाडौँ । धार्मिक एवं पर्यटकीय स्थल मुक्तिनाथ धामसम्म केवलकार निर्माण हुने भएको छ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म निर्माण गरिने प्रस्तावित सो यात्रुबाहक केवलकारको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य सुरु भएको छ ।
कुल ८३.६५ किलोमिटर लम्बाईको विश्वकै लामो यात्रुवाहक केवलकार हुने दाबी गरिएको छ । प्रस्ताावित केवलकार निर्माणका लागि डीपीआर निर्माण कार्य सुरु भइसकेको जानकारी मुक्तिनाथ दर्शन केवलकार प्रालिका इन्जिनियर बिकास त्वनाबासुले दिनुभयो ।
प्रस्तावित सो केवलकारको डीपीआर निर्माणका लागि अस्ट्रेलियाको विशेष प्राविधियुक्त विमान तीन दिनअघि नेपाल आइपुगेको हो । सोही विमानको सहयोगमा डीपीआरको काम भइरहेको छ । नापी विभाग र निर्माण कम्पनीका प्राविधिकहरूको सहयोगमा डीपीआर निर्माण कार्य भइरहेको उहाँले बताउनुभयो ।
अबको तीन महिनाभित्र डीपीआर निर्माण कार्य सम्पन्न हुने बताउँर्दै इन्जिनियर त्वनाबासुले डीपीआर निर्माण कार्य सम्पन्न भएको छ महिनाभित्र सरकारसँग परियोजना विकास सम्झौता (पीडीए) हुने जानकारी दिनुभयो । उहाँका अनुसार सम्झौताको छ महिनाभित्र सो केवलकार निर्माणका लागि वित्तीय व्यवस्थापन गरी निर्माण कार्य सुरु गरिने तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गरिने लक्ष्य रहेको छ । गाेरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया