सरकार परिवर्तनको खेल सुरु भयो: अमरेशकुमार सिंह

६ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता तथा सांसद डा अमरेशकुमार सिंहले नेपालमा सरकार परिवर्तनको संकेत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्र नरेन्द्र मोदीको सपथ समारोहका गएकै बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले ५ बुदे सहमति बाहिर ल्याउनु सरकार परिवर्तनको संकेत भएको उनको दाबि छ ।

बुटवलमा रिपोर्टर्स क्लव प्रदेश ५ को साक्षात्कारमा बोल्दै कांग्रेस नेता सिंहले भने—‘ यो प्रधानमन्त्रीसंग डिल नगर,अब म प्रधानमन्त्री बन्नेवाला छु भन्ने सन्देश प्रचण्डले मोदीलाइ दिएका हुन् ।’

सिंहले ओलीको भारतभ्रमण निरासाजनक भएको समेत प्रष्ट पारे । सिंहले भने—‘उहासंग फर्केपछि भेट त भएको छैन,ओलीजीको बडिल्याङ्वेज हेर्दा,अनुहार मलिन छ,अघिपछिको जस्तो देखिएन ।’

भारत लोकतान्त्रिक मुलुक भएकाले नेपालमा लोकतन्त्र स्थापित भएको हेर्न चाहने उनको दाबि छ  तर अहिलेका प्रधानमन्त्री संघीयता असफल बनाउने र शक्ति आफैमा केन्द्रित गर्ने खेलमा लागेको उनको भनाइ थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया