गाउँ काकाकुल तर, सांसद विकास कोषको ४० लाख अतिथिगृह निर्माणमा

६ बर्ष अगाडि

सिन्धुलीको हरिहरपुरगढीमा पानीको हाहाकार छ । तीन घन्टा हिँडेर हात्तीसार खोल्सीबाट पानी ल्याएर जोहो गर्छन् स्थानीयवासी । खोल्सीसम्म धाउन नसक्नेहरू प्रतिगाग्री सय रुपैयाँमा पानी किनेर गुजारा चलाउँछन् । तर, काकाकुल हरिहरपुरगढीलाई प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र नंं. २ का सांसद हरिबोल गजुरेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४० लाख बजेट त्यही गाउँमा अतिथिगृह निर्माणमा खन्याएका छन् । खानेपानी आयोजना उनको प्राथमिकतामै परेन । त्यही अतिथिगृह निर्माणमा पनि प्रतिगाग्री सय रुपैयाँ दरले किनेको पानी प्रयोग भइरहेको छ । स्कुले विद्यार्थीले बिदाका दिन बोकेको पानी किनेर ठेकेदारले भवन बनाइरहेका छन् । निर्माण सामग्रीमा भन्दा पानीमा बढी खर्च गर्नुपरेको ठेकेदारकै गुनासो छ । अहिले १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थी खोल्सीबाट पानी बोकेर गाउँमा बिक्री गरिरहेका छन् । नयाँ पत्रिकमा खबर छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया