नवनियुक्त भारतीय विदेशमन्त्री एस जयशंकरले आफ्नो प्राथमिकतामा शक्तिराष्ट्रहरूलाई राखेका छन् ।
‘अमेरिका, चीन, रुस, जापान, कोरियासँगको सम्बन्ध सञ्चालन र प्रवद्र्धनमा जयशंकरको भूमिका अपेक्षित छ,’ जयशंकरका एक निकट पूर्वकूटनीतिज्ञले भने, ‘अमेरिकासँग विश्वासको सम्बन्ध कायम राख्ने र पाकिस्तानमाथि दबाब दिने मोदीको सोच कार्यान्वयन गर्न जयशंकर आएका हुन् ।’
छिमेकलाई हेर्ने जयशंकर र गोखलेको दृष्टिकोणमा आउने सन्तुलनले भारतको छिमेक मामिला सञ्चालन प्रभावित हुनेछ ।
पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले विदेशसचिव जो आए पनि अहिले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले चाहेको विदेश नीति लागू हुने बताए । ‘कूटनीतिक अनुभवप्राप्त व्यक्ति जयशंकर मन्त्री बन्नुभएको छ । भारतले छिमेकसँग सम्बन्ध सुमधुर होस् भन्ने चाहेजस्तो देखिन्छ । तर, मन्त्री फेरिँदैमा पोलिसी डिपार्चर हुँदैन,’ आचार्यले भने, ‘भारतले नेपाललाई कुन नजरले हेर्ने भन्ने विषयचाहिँ भविष्यमा देखिँदै जानेछ ।’ नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया