स्थानीय युवाले कुटे निर्माण व्यवसायीलाई

६ बर्ष अगाडि

तल्कोट गाउँपालिकाको कार्यालयमा टेन्डर खसाल्न गएका निर्माण व्यवसायीलाई स्थानीय युवा समूहले कुटपिट गरेको छ । टेन्डर कब्जा गर्ने उद्देश्यले निर्माण व्यवसायीलाई युवाको समूहले कुटपिट गरेका हुन् ।

तल्कोट गाउँपालिकाले १ वैशाखमा तीनवटा आयोजना निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । टेन्डर खसाल्न गएका ठेकेदार जयपृथ्वी नगरपालिका–३ का गणेश रोकाया, राजन धमेना देवराज जोशी, भरत रोकाया, सेरबहादुर खड्का, बबी खड्कालगायत ६ जना निर्माण व्यवसायी घाइते भएका छन् ।

ठेकेदार गणेश रोकायाको टाउकोमा चोट लागेको छ भने ठेकेदारहरुको केहीको खुट्टामा केहीको पिठिउँमा र केहीको अनुहारमा चोट लागेको छ ।

तल्कोटका स्थानीय ठेकेदार लोकेन्द्र सिंह र सुनिलजंग शाहीको टोलीले त्यहाँका केही युवा र चैनपुरबाट केही गुन्डा परिचालन गरी टेन्डर दर्ता गर्न नदिएपछि ढुंगामुढा र लठ्ठीले आफूमाथि कुटपिट गरेको निर्माण व्यवसायी भरत रोकायाले बताए ।

गाउँपालिकाले पनाल्तदेखि स्याडासम्म सडक निर्माण, हिमालय मावि भवन निर्माण र दातोला मेल्बीसौना सिँचाइ कुलो गरी झन्डै ३ करोड ५० लाखको बोलपत्र आह्वान गरेको थियो ।

यता, गाउँपालिका अध्यक्ष लालबहादुर विष्टले भने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियरलगायतको तीन सदस्यीय छानबिन टोलीले यसबारे निर्णय लिने बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया