काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको र हाल बन्द हुने अवस्थामा पुगेको चर्चित टेलिश्रृखला भद्रगोलको व्यवस्थापन गर्दै आएको मिडिया हवका मालिक सोम धिताल कर्जा सुचना केन्द्य्रले कालो सुचीमा राखेको पाइएको छ ।
कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेपनि सरकारी टेलिभिजनबाट सातामा चार वटा टेलिश्रृखला प्रसारण गर्दै आएका धितालले कलाकारलाई ठगी गर्दै आएको पाइएको छ ।
पछिल्लो पटक भद्रगोलमा धुर्मस सुन्तली फाण्डेनशनले निर्माण गरेको रौतहटको सन्तपुर बस्तीका बारेमा तयार पारेको श्रृखलामा सीताराम कट्टेलले पनि सानो भूमिका अभिनय गरेका थिए ।
तर मिडिया हवले उक्त दृश्य प्रसारण गरेन र सम्पादनको क्रममा नै उक्त दृश्य काटेर हटाइयो ।
दृश्य काटिएपछि पाँडेको भूमिकामा देखिदै आएका अजुर्न घिमिरे(पाँडे) त अब भद्रगोल प्रसारण रोकिएको भन्दै फेसबुकमा नै लामो स्टाटस नै लेखेका थिए तर पछि उनले किन स्टाटस हटाए सो बारेमा केही बताएका छैनन् ।
तर कलाकारको शोषण गर्न माहिर मानिएका मिडिया हवका मालिका सोम धिताल भने बैंक तथा वित्तिय संस्थाको पैसा नतिरेका कारण कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको पाइएको छ ।
कर्जा सूचना केन्द्रकाअनुसार मिडिया हवलाई गत मंसिर २६ गतेदेखि कालो सूचीमा राखिएको छ ।
केन्द्रले १०१५० नम्बरमा धिताललाई कालो सूचीमा राखेको छ । मिडिया हवले काटेको तीन वटा चेक विभिन्न बैंक तथा वित्तीय संस्थामा बाउन्स भएपछि धिताल र उनको समूह कालोसूचीमा परेको हो ।
नेपाल इन्भेस्टमेन्ट बैंकले पटक पटक मिडिया हवको चेक बाउन्स भएपछि कालोसूचीमा राखेर कारवाही गर्न कर्जा सूचना केन्द्रलाई पत्राचार गरेको थियो ।
बाउन्स भएका तीन वटा चेक मध्ये एउटा सोम धिताल आफैले काटेका थिए भने दुई वटा मिडिया हवको नाममा काटिएको थियो ।
मिडिया हवले भद्रगोलको प्रस्तोता कम्पनी सुबी फिल्मस्लाई काटेको नेपाल इन्भेस्टमेन्ट बैंकको खाता नम्बर ००१०१००३४३६५ मा पैसा नभएपछि चेक बाउन्स भएको हो ।
मिडिया हवले दिएको चेकमध्ये पहिलो चेक २०७४ वैशाख ११ गते सात लाख २५ हजारको थियो । त्यसपछि २०७४ जेठ १५ गते १० लाख र २०७४ जेठ २० गते काटिएको चेक पनि दश लाखकै थियो । धितालेले अर्को खाता नम्बर ००१०५०१००८०६४६ मा समेत पैसा नभएको चेक काटेका थिए ।
ती सबै चेक बाउन्स भएपछि सुवी फिल्मस्का तर्फबाट भद्रगोलका तत्कालीन व्यवस्थापक सुवास कार्की बेलासेले मिडिया हवका मालिक सोम धिताल विरुद्ध कर्जा सूचना केन्द्रमा उजुरी दिएका थिए ।
पटक पटक चेक बाउन्स भएपछि इन्भेस्टमेन्ट बैंकले समेत कालो सूचीमा राख्न पत्राचार गरेको थियो । तर मिडिया हवका मालिक धितालले भने आफू उपत्यका बाहिर भएकाले केही जानकारी नभएको बताएका छन् ।
प्रतिक्रिया