काठमाडौं–सांसद रेशम चौधरी जेलमा अस्वस्थ भएका छन् । उनको छातीमा इन्फेक्सन भएको राजपा नेपाल अध्यक्षमण्डलका संयोजक अनिलकुमार झाले बताए ।
संयोजक झा आजै डिल्लीबजार सदरखोरमा रहेका रेशम चौधरीको अवस्था बुझ्न गएका थिए । राजपा नेपालका नेता समेत रहेका चौधरी केही दिनदेखि अस्वस्य रहेको बताइएको छ ।
रेशम चौधरीको अवस्थाबारे संयोजक झाले कारागार विभागलाई जानकारी गराएकोमा विभागले उपचार उचित गराउने गराउने प्रतिबद्धता जनाएको छ ।
रेशम चौधरीकी श्रीमती रन्जिता (श्रेष्ठ) चौधरीले उनलाई अस्पताल भर्ना गरेर राख्नुपर्ने माग गरेकी छिन् ।
यता विभागका महानिर्देशक हरिप्रसाद मैनालीले चौधरीको उपचार भइरहेको जानकारी दिएका छन् । उनले यसअघि पनि अस्पतालबाट जँचाएर ल्याएको बताउँदै अहिले अवस्था सामान्य रहेको बताए ।
प्रतिक्रिया