तीन नेपाली महिलाहरु 'नेपाली संस्कृति तथा सद्भावना राजदूत' को मानार्थ उपाधिले सम्मानित

६ बर्ष अगाडि


नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले बिभिन्न माध्यमबाट नेपाली संस्कृति तथा परम्परागत विश्वासहरुलाई विश्व सामु प्रस्तुत गर्दै आआफ्नो क्षेत्रबाट बिशेष योगदान दिँदै आएका बिदेशमा बस्ने तीन जना नेपाली महिलाहरुलाई नेपालको १२औं गणतन्त्र दिवसको अवसरमा आज ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गरेको छ। 

नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित हुने नेपाली महिलाहरुमा डा. एलिनी पोखरेल सुबेदी - पोल्याण्ड, योगिता थापा - बेल्जियम र लक्ष्मी लामा गुरुङ - दक्षिण कोरिया हुनुहुन्छ ।

नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले  हालसम्म दिनेश बाला श्रेष्ठ (ईटली), दीपक न्यौपाने (बेल्जियम), निर्मल अर्याल (फ्रान्स), बसन्त रानाभाट (स्पेन), बिजय थापा (अमेरिका), पुरू जोशी (दक्षिण कोरिया) र जीवन प्रसाई (स्पेन) लाई यस उपाधिले सम्मानित गरि सकेको छ। 

नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित भएका सबै व्यक्तिहरु स्वतः यस प्रतिष्ठानको सदस्य रहने परम्परा रहेको जानकारी प्रतिष्ठानका अध्यक्ष नवराज पोखरेलबाट प्राप्त भएको छ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया