अर्थमन्त्री खतिवडाले किन दिए त्यस्तो दबाव

७ बर्ष अगाडि

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारले मुलुकको अर्थतन्त्र डामाडोल पारेको तथ्य कोही कसैबाट छिपेको छैन । राज्यको ढुकटीमा ब्रम्हलुट गरेर विदा भएको काँग्रेस नेतृत्वको सरकारले पारेको नकारात्मक प्रभाव अर्थतन्त्रमा अहिलेसम्म देखिएको छ । वर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले डा युवराज खतिवडालाई अर्थमन्त्रीको जिम्मेवारी दिएर अर्थतन्त्र सुधारको मौका दिएका छन् । अर्थतन्त्र सुधारको मौका सहित अर्थमन्त्रालयको कमाण्ड सम्हालेका खतिवडाले हालसम्म कनै पनि चमत्कार गर्न सकेका छैनन् । 
शेयर बजारका बारेमा उनले दिएका पटक पटकको विवादास्पद अभिव्यक्तिका कारण बजारमा समस्या चुलिएर गएको छ । देशको आर्थिक अवस्थाको ऐनाको रुपमा लिइने शेयर बजारका बारेमा उनले दिएको टिप्पणी तथा सार्वजनिक मन्तब्यका कारण उनी आलोचित्र मात्रै बनेनन् लगानीकर्ता चरम रुपमा आक्रोशित समेत भए । यस्तै पछिल्लो पटक उनले अर्को दबाव दिएको खुलासा भएको छ । यही बुधबार राष्ट्रिय तथ्यांक विभागले देशको अािर्थक अवस्थाका बारेमा प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम थियो । मुलुकको आर्थिक वृद्धिदर पाँच प्रतिशत भन्दा कम हुने देखिएपछि अर्थमन्त्री डा खतिवडाले आर्थिक वृद्धिदरको मात्रा बढाउन विभागलाई दबाव दिएको रहस्य खुलेको छ । 
डा खतिवडाले विभागका उच्च अधिकारीलाई बोलाएर आर्थिक वृद्धिदरको मात्रा ६ प्रतिशत भन्दा माथि हुनुपर्ने भन्दै दबाव दिएका थिए । विभागका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार अर्थमन्त्री खतिवडाले जसरी भएपनि आर्थिक वृद्धिदर ६ प्रतिशत भन्दा माथि हुनुपर्ने अन्यथा कारवाही हुने भन्दै थर्काएका थिए । उनले वर्तमान सरकारको नीति उच्चा आर्थिक वृद्धि भएको भन्दै कुनै पनि हालतमा वृद्धिदर माथि हुनुपर्ने भन्दै विभागका अधिकारीलाई थर्काएका थिए । 
तर विभागका अधिकारीले हचुवाको भरमा आर्थिक वृद्धिदर बढी देखाउन नसकिने भन्दै मन्त्री डा खतिवडाको भनाईलाई अस्वीकार गरिदिएका थिए । उनीहरुले आर्थिक वृद्धिको आधार फरक फरक हुने भन्दै जसरी भएपनि वृद्धिदर माथि हुनुपर्ने भन्ने मन्त्रीको भनाई जायज नभएको बताएका थिए । विभागले सार्वजनिक गरेको तथ्यांकमा चालु र्आिर्थक वर्षको आर्थिक वृद्धिदर ५.९६ प्रतिशत हुने देखाएको छ । 
विदेशी बैंक तथा वित्तीय संस्थाले पनि मनलाग्दी तवरले नेपालको आर्थिक वृद्धिको मात्रा सार्वजनिक गरिरहेका छन् । उनीहरुले तथ्य र वस्तुनिष्ठ आधार विपरित तथ्यांक सार्वजनिक गरेका छन् । तर सरकारी निकायकै रुपमा रहेको तथ्यांक विभागलाई नै बढी आर्थिक वृद्धिदर देखाउन दबाव दिनु कुनै पनि अर्थमा जायज नभएको बताइएको छ । 
अर्थमन्त्रीले अनावश्यक रुपमा विभागका अधिकारीलाई दबाव दिएको विषयमा प्रधानमन्त्री केपी ओली समक्ष समेत उजुरी परेको छ । शेयर बजारको बारेमा गलत धारणा राख्दा बजार प्रभावित भए जस्तै पुनः केन्द्रीय तथ्यांक विभागलाई गलत विवरण सार्वजनिक गर्न दबाव दिएर अर्थतन्त्रमा अराजकता निम्त्याउन खोजेको भन्दै प्रधानमन्त्री समक्ष उजुरी परेको बताइन्छ । 
पहिले शेयर बजार सिध्याए हजुर, अहिले पुनः अर्थतन्त्रको गलत तथ्यांक सार्वजनिक गर्न दबाव दिइएको छ, यस्तो दबाव कसरी स्वीकार गर्ने हजुर भन्दै विभागका अधिकारीले प्रधानमन्त्री समक्ष उजुरी गरेको बताइन्छ । प्रधानमन्त्रीसँग उजुरी गर्न पुगेका विभागका अधिकारीलाई प्रधानमन्त्रीले आफूले बुझेर आवश्यक निर्णय गर्न भन्दै फर्काएका थिए । 
उता अर्थमनत्री डा खतिवडाले नेपाल तिोपत्र बोर्डमा समेत हस्तक्षेप गरेको बताइएको छ । शेयर बजारको बारेमा नकारात्मक सूचना सम्प्रेषण गरेको तथा बजारमा अनावश्यक हल्ला फैलाउन सहयोग गरेको भन्दै डा खतिवडाको पजनीमा केही कर्मचारी परेका छन् । 
बजार प्रभावित पार्न विशेष भूमिका खेलेका बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलगायतले भने मन्त्री खतिवडाको चाकडी गरेर पानीमाथिको ओभानो बनेको बताइएको छ । कार्कीले कमाडिटी मार्केटको नाममा केही भारतीय समेत लगानीकर्तालाई लगानी गर्न दिने निर्णय गरेका छन् । त्यसमा र्अर्थमन्त्रीको समेत सहमति रहेको बताइन्छ । उता नेपाल स्टक एक्चेन्जमा भएको अनावश्यक चलख

७ बर्ष अगाडि

प्रतिक्रिया