विद्युत ४२ जनाले चोरे पछि...

६ बर्ष अगाडि

काठमाडौं – नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले विद्युत चोरी गर्ने ४२ जनालाई कारबाही गरेको छ ।

केन्द्रले चालुवर्षको १० महिनामा उनीहरुलाई पक्राउ गरी कारबाही गरेको हो । साउनदेखि अहिलेसम्मको अवधिमा विद्युत चोरीमा संलग्न स्थानीयलाई पक्राउ गरी कारबाही गरेको बानेश्वर वितरण केन्द्रले जनाएको छ ।

कारबाहीमा परेमा स्थानीयबाट रु २६ लाख ८ हजार ९७असुल गरिएको छ । केन्द्रले यहिसमय अवधिमा ३२ जना ग्राहकको वर्ग परिवर्तन गरेको छ । केन्द्रले वर्ग परीवर्तन गरेर रु १  करोड ४८ लाख १९ हजार १ सय ३९संकलन गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया