४  करोड झ्वाम पार्ने हाकिम अख्तियारको फन्दामा

७ बर्ष अगाडि

उदयपुर - कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकाललाई रु चार करोड रकम हिनामिना गरेको आरोपमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । 

कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार ढकालले नगरपालिकाअन्तर्गत वितरण हुने सामाजिक सुरक्षा भत्ताका लागि विनियोजन भएको रु चार करोड हिनामिना गरेको आरोपमा आजै साँझ अख्तियारको टोलीले पक्राउ गरेको हो । 

उनले भने, “सामाजिक सुरक्षा भत्ताको कोषमा रहेको रु चार करोड हिनामिना भएको पाएँ । आफैंले अख्तियारलाई खबर गरेर भर्खरै पक्राउ गर्न लगाएको छु । अब सबै कुराको खोजी हुन्छ ।” 

सामाजिक सुरक्षा भत्ताको रु चार करोड राष्ट्रिय वाणिज्य बैंक, कटारीमा जम्मा भएको र उक्त रकम ढकालले कटारी नगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलको किर्ते सही गरेर काठमाडाँैको थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंकबाट निकालेको खुलेको प्रमुख श्रेष्ठले बताए  । 

बैंकको खातामा तीन दिनदेखि रकम नभएको र लेखा अधिकृत ढकाल समेत फरार रहिआएका थिए । आज काठमाडौँबाट ढकाललाई अख्तियारको सहयोगमा पक्राउ गरिएको हो । 

७ बर्ष अगाडि

प्रतिक्रिया