वार्तालाई पुर्णरुप दिन धुम्बाराहीमा राप्रपाको बैठक,यस्ता छन् निर्णय

७ बर्ष अगाडि

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी 'राप्रपा'ले सरकारसँगको जारी वार्तालाई पुर्णरुप दिन आज बैठक बसेको छ । 

अध्यक्ष कमल थापाको नेतृत्वमा पार्टी कार्यालय धुम्बाराहीमा सरकारसँगको वार्तालाई  सकारात्मक रुप दिन बैठक बसेको पार्टीका वरिष्ठ नेता दिपक बोहराले जानकारी दिए । 

बोहराका अनुसार बैठकले नेपाल सरकारसँग जारी वार्तालाई सकारात्मक रुपमा लिदै यथासिघ्र चाडो दोस्रो चरणको वार्ता प्रारम्भ गर्न वार्ता समितिलाई निर्देश दिएको जानकारी दिए ।
बैठकमा जनसंघर्षको पहिलो चरणको र दोस्रो चरणको तयारीको सन्दर्भमा संयोजक तथा पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङबाट उक्त प्रतिवेदनमाथि विस्तृत छलफल भएको थियो । 

यस्तो छ राप्रपाले निकालेको विज्ञप्ति   

७ बर्ष अगाडि

प्रतिक्रिया