डोल्पा – डोल्पाको एक यार्सापाटनमा अवैध रुपमा छिरेका २० जना यार्सागुम्बा तस्कर पक्राउ परेका छन् । जिल्लाको सरोकारवाला निकायको बैठकले १३ जेठदेखि मात्रै डोल्पाका सम्पुर्ण यार्सागुम्बा पाटन खोल्ने निर्णय गरेको थियो । पाटन खुल्नु अगावै चोरी शिकारी गर्ने उद्देश्यले यार्सापाटन छिर्नेलाई पक्राउ गरेर कारवाही गरिने निकुञ्जले जनाएको छ ।
उनीहरुलाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने ढाढाचौर यार्सापाटनबाट सुम्दो चेकपोष्टबाट खटिएको निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा १६ जना पुरुष र ४ जना महिला रहेको निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए ।
पक्राउ परेको टोलीबाट एक सय ५० वटा यार्सागुम्बा, नगद दुई लाख ८१ हजार, कुटो, हँसियालगायतका सामानहरु बरामद गरिएको यादवले बताए । पक्राउ गरी आवाश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया