जंगलमा शंकास्पद मृत्यु भएको अवस्थामा दुई शव फेला

७ बर्ष अगाडि

काभ्रे – काभ्रे जिल्लाको रोशी गाउँपालिका–१० वाल्टिङस्थित भाङ्गेटारको जंगलमा शुक्रबार दुई जनाको शव फेला परेको छ । 

धारामा पानी नआएपछि  बुधबार मुहान हेर्न गएका दुई जना  राति घर नफर्केपछि परिवार र गाउँले मिलेर खोज्दा शुक्रबार बिहान मृत अवस्थामा फेला परेको सोही वडाका अध्यक्ष दुधराज तामाङले बताए ।

तामाङका अनुसार सोही वडाका अन्दाजी ५० वर्षीय सञ्चर सिं लामा र ४० वर्षीय नरबहादुर लामा मृत अवस्थामा फेला परेका हुन् ।

उनीहरुसँगै गएको कुकुर पनि सोही ठाउँमा मरेको अवस्थामा भेटिएको तामाङले बताए । शरीर केही जलेको जस्तो, एक जनाको आँखा फुटेको र अर्कोको कपडा च्यातिएको अवस्थामा रहेको जनाएको छ ।

काभ्रेका डिएसपी दिपक गिरीले प्रहरीको टोली घटनास्थलतर्फ गएको बताए । प्रहरी नपुगेकाले घटनाको कारण र विस्तृत जानकारी आउन बाँकी रहेको उनले जानकारी दिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया