काठमाडौँ – भन्सार महशुल, अन्तःशुल्क र मूल्य अभिबृद्धि कर बक्यौता नतिर्ने ४९ वटा फर्मलाई कारवाही गर्ने भएको छ ।
भन्सार जाँचपास परीक्षण कार्यालय तीनकुने सुविधानगर काठमाडौँलेले आज एक सूचना मार्फत सो को जानकारी दिएको हो ।
बक्यौता रकम तिर्न ती ४९ आयातकर्ताहरुलाई फोन र पत्राचारबाट जानकारी गराएपनि रकम दाखिला नगरेको कार्यालयले जनाएको छ ।
कार्यालयले अबको १५ दिनमा आफूले रकम दाखिला गरेको भए सोको प्रमाण, कुनै न्यायिक निकायमा विचाराधिन भए सो को जानकारी र दाखिला गर्न बाँकी भए बैंक राजश्व खातामा दाखिला गरी सक्क बैंक भौचर पेश गर्न भनेको छ ।
बक्यौता रकम असुलीमा सम्बद्ध भन्सार एजेन्ट, कार्यालयहरुले पनि सहयोग गर्न अनुरोध गरिएको छ । साथै पैठारीकर्ताले बक्यौता रकम समयमा दाखिला गर्न बेवास्ता गरेमा भन्सार ऐन २०६४ र भन्सार जाँचपास परीक्षण कार्यविधि २०७५ बमोजिम सम्पत्ति एवम् कारोबार रोक्का राखि बक्यौता असुल गरिने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया