काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा 'बादल'ले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारालाई कानुनको कठघरामा ल्याउने बताएका छन् ।
२६औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका संरक्षण समिति सुविधानगर कोटेश्वरले आज आयोजना गरेको रक्तदान कार्यक्रममा मन्तव्य राख्दै बादलले छानबिन प्रक्रिया सुरू भएको भन्दै हत्यारालाई छिट्टै कानुनको कठघरामा ल्याउने बताए ।
उनले भने, ‘नेता मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन गर्न हामीले प्रक्रिया थालेका छौं, ‘छिट्टै हत्यारा पत्ता लाग्ने छ ।’
नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो ।
प्रतिक्रिया