लिफ्ट चढेर धरहरामा जान सकिने, लागत चार अर्ब

७ बर्ष अगाडि

काठमाडौं । नेपालमा लिफ्ट चढेर अग्ला भवनमा चढ्ने तपाईको सपना पुरु हुने भएको छ ।
लामो समयदेखि विभिन्न विवादमा फस्दै आएको धरहरा पुनः निर्माणका लागि भूकम्पपछिको पुनः निर्माण प्राधिकरणले २२ तले धरहरा निर्माण गर्ने तयारी गरेको छ ।
नयाँ निर्माण हुन लागेको धरहरामा लिफ्ट जडान गरिने छ । आगामी दुई वर्षभित्र अत्याधुनिक धरहरा निर्माण गरिने भएको छ ।
त्यसको लागि प्राधिकरणले आगामी १५ दिन भित्र धरहरा निर्माणका लागि ग्लोबल टेन्डर निकाल्न लागेको छ ।
२२ तले धरहरामा अध्याधुनिक सबै प्रकारको सुविधा उपलब्ध गराइनेछ ।
ती धरहरामा लिफ्टका अलावा सिसिटिभी, तथा वातानुकलित वातावरण बनाउन अन्य उपकरण समेत जडान गरिनेछ ।
धरहराको टुप्पामा बसेर काठमाडौँ उपत्यकाको अवलोकन गरिने भएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणको सम्पदा संरक्षण महाशाखाका प्रमुख राजुमान महर्जनले अत्याधुनिक धरहरा निर्माणको प्रक्रिया सुरु भएको बताए ।
प्राधिकरणका सचिव अर्जुन कार्कीले आगामी १५ दिन भित्र ग्लोबल टेन्डर गरिने जानकारी दिए ।
‘एक हप्ता भित्र पनि सूचना निकाल्न सकिन्छ, बढी नै लाग्यो भने १५ दिनमा हामी ग्लाबेल टेन्डर निकाल्छौ,’ सचिव कार्कीले भने ।
प्राधिकरणकाअनुसार २२ तले धरहराको लागत करिब रु ४ अर्ब हुनेछ ।
सो धरहराको आवश्यक डिजाइन तयार भैसकेको छ । चार अर्ब भित्रै भ्याट र मूल्य वृद्धि समेत समेटेर टेण्डर गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
नेपाली े ढाँचा, नयाँ निर्माण सामग्री र आधुनिक भवनसहितको धरहरा निर्माण गरिनेछ ।
ग्लोबल टेण्डर निकालेको २ महिना भित्र निर्माणकर्ता कम्पनी परिचालित गर्ने तयारी गरिएको छ ।
जमिनमाथी ८१.२ मिटर अग्लो हुने धराहराको २२ औं तल्लासम्म लिफट् हुनेछ र सोही तल्लाबाट उपत्यकाको अवलोकन गर्न सकिनेछ । एकै पटक ५० जना भन्दा बढीले अवलोकन गर्न सक्नेछन् ।
धरहरा निर्माणका लागि रु एक अर्ब रुपैंयाँ नेपाल टेलिकमले उपलब्ध गराउने र मै बनाउँछु धरहरा अभियानबाट रु २४ करोडको जोहो भइसकेको छ ।
नयाँ धरहरामा पुरानो धहराको ६ रोपनी, सुन्धाराको १० रोपनी र गोश्वारा हुलाकको १२ रोपनी गरि २८ रोपनी समेटने तयारी गरिएको छ ।
 अण्डर ग्राउण्ड २ तलासहित धरहरा ६९.२ मिटर उचाईको हुनेछ । त्यसमाथी ३६ फिटको गुम्बज निर्माण गरिनेछ ।
सुुन्धारा क्षेत्रलाई पुननिर्माण गरेर संरक्षण गरिनेछ । धरहरा आपसापसमा सामान्य कफि सप, लाईब्रेरी जस्ता व्यवसाय भने सञ्चालन हुनेछन् ।
प्राधिकरणले भूकम्पका कारण ढलेको धरहरालाई काँचको पर्दाले छोपेर राख्ने र भावी पुस्तालाई गोरखा भूकम्पको विनास देखाउने तयारी गरिएको छ । सर्वसाधारण काँच भित्रै प्रवेश गरेर भत्किएको धरहरा समेत हेर्न सक्नेछन् ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया