पार्टीलाई समेत जानकारी नदिई स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी भए सांसद

७ बर्ष अगाडि

काठमाडौं – नवगठित समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य प्रदीप यादव स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा सहभागी भएको खुलेको छ । 

पार्टीलाई समेत जानकारी नदिई लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको कार्यक्रममा समाजवादीका सांसद यादव सहभागी भएका थिए । 

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बुधबार एक विज्ञप्ति जारी सांसद यादवको सहभगिताबारे पार्टीलाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन् । 

अध्यक्ष यादवले आफ्नो पार्टी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको प्रष्ट्याएका छन् । उनले विज्ञप्ति जारी गर्दै यादवले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभए अनुशासनको कारबाही गर्ने समेत बताएका छन् । 

समाजवादी पार्टीले विवादास्पद भ्रमणका क्रममा सांसद यादवले राखेको धारणाले पार्टीको विचारको प्रतिनिधित्व नगर्ने समेत प्रष्ट पारेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया