समाचारबारे गण्डकी गाउँपालिका अध्यक्षको आपत्ति

६ बर्ष अगाडि

गोरखा– गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानामगरले आजको अर्थमा प्रकाशित समाचारको खण्डन गरेका छन् ।

 उनले समाचारमा उल्लेख गरिएजस्तो आफूले गाउँपालिकाको केन्द्र निर्धारणबारे कुनै अभिव्यक्ति नदिएको दाबी गरेका छन् । 

आजको अर्थमा प्रकाशित समाचारबारे आपत्ति जनाउँदै उनले पठाएको खण्डनमा भनिएको छ, ‘मैले यस विषयमा कुनै मिडियामा लिखित तथा मौखिक रुपमा कुनै वक्तब्य दिएको छैन र सम्पूर्णमा यो समाचार पूरै मनगढन्ते, कपोकल्पित र भ्रामक भएको र यसबारेमा कसैको दवावमा नपरेको व्यहोरा अवगत गराउन चाहान्छु् ।’

तर उनले यसअघि औपचारिक रुपमा नभई निकटस्थहरुको छलफलमा गाउँपालिकाको केन्द्र निर्धारणबारेको एकल निर्णयमा गल्ती स्वीकार गरेका थिए । 

अध्यक्ष रानामगरले अघि गाउँपालिकाको केन्द्र निर्माण गर्ने भन्दै भुम्लिचोक ६ मा डोजर चलाएका थिए । 
 पछि चौतर्फी विरोध भएपछि केन्द्र बहुमतको आधारमा बन्टार राख्ने निर्णय भइसकेकाे छ ।

यो पनि पढौँ​

६ बर्ष अगाडि

प्रतिक्रिया