गोरखा – गोरखाको गण्डकी गाउपालिकामा जिप दुर्घटना भएको छ । तान्लिचोकबाट गण्डकी गाउपालिका कार्यलय जादै गरेको वा २० च ५४५० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।
जिप दुर्घटनामा परि ७ जना घाइते भएका छन । जिप दर्बुङ्गको रानी स्वरामा सडकबाट ७० मिटर तल खसेको प्रतक्ष्यदर्शीले जानकारी दिए ।
घाइते हुनेहरुमा सिता लामिछाने, मिना पन्त, सर्जन थापा, होम बहदुर थापा काजि थापा दिपक थापा र मिलन श्रेष्ठ रहेका छन् ।
प्रतक्ष्यदर्शीका अनुसार घाइतेलाई उपचारको लागि काठमाडौँ लगिएको छ ।
प्रतिक्रिया