अमेरिकाबाट ९ हजार नेपालीलाई  फिर्ता पठाउने तयारी

७ बर्ष अगाडि

न्यूयोर्क– अमेरिकी राष्ट्रपति ट्रपले  ९ हजार नेपालीहरुको अस्थाथी बसोबास अनुमति रद्द गर्ने तयारी गरेका छन् ।  
यो कदम ट्रम्प प्रशासनले अस्थायी हैसिसयतमा अमेरिका बसिरहेका विदेशीहरुलाई निकाल्न चालिरहेको श्रृङ्खलाबद्ध कारवाही मध्ये एक हो । 
वासिन्टन पोष्टका अनुसार होमल्याण्ड सेक्युरिटी सचिव किरस्टजेन निल्सेनले नेपालीहरुलाई बहिगर्मनको लागि एक वर्षको समय अतिरिक्त समय दिनेछिन् । त्यसैले उनीहरुले सन् २०१९ को जुन २४ बाट भने देश निकाला हुनेछन् । 
तीन वर्षअघि २५ अप्रिल २०१५ मा नेपालमा गएको बिनासकारी भूकम्पपछि नेपालीहरुलाई अस्थायी सुरक्षा हैसियत(टीपीएस) प्रदान गरेर अमेरिकामा कानुनी रुपमा रहनको लागि अनुमति दिइएको दियो । 
टीपीएस प्राकृतिक प्रकोप, द्वन्द र अन्य संकटले अस्थीर भएको देशका नागरिकलाई तिनको देश फर्काउन बाध्य नपार्नका लागि सन् १९९० मा अमेरिकी कङ्ग्रेसले बनाएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया