प्रकाशमानले भन्छन्: जनतालाई अधिकार दिलाउन जस्तोसुकै मूल्य चुकाउन तयार हुने पार्टी काँग्रेस हो

७ बर्ष अगाडि

काठमाडौँ – नेपाली काँग्रेसका प्रभावसालि नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको मर्यादा समेत ख्याल गर्न नसक्नु लज्जास्पद भएको बताउनु भएको छ । 

काठमाण्डौ क्षेत्र नम्बर १ मा आज आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै पुर्ब उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले बर्तमान सरकारका गतिविधि ले संसदिय ब्यवस्थामा आच पुगेको बताउनु भएको छ । सरकार काम केहिनगरि सम्बृदिको नारा लगायर मात्र बसेको सुसासन दिन नसकेको बिकास बजेट खर्च गर्न नसकेको संघियता असफल बनाउन उद्त रहेको आरोप लगाउनु भएको हो  ।

नेता सिंहले नेपाली जनतालाई अधिकार दिलाउनका लागि जस्तोसुकै मूल्य चुकाउन तयार हुने पार्टी काँग्रेस रहेको जिकिर समेत गर्नु भयो ।  अहिलेको सरकारमा रहेका दलहरु मुलुकमा दोन्द मार्फत सत्तामा पुगेको   उदाहरण दिँदै माओबादी, एमाले जस्तो हिँसात्मक बाटोबाट स्थापीत भएको पार्टी काँग्रेस नभएको बिचार ब्यक्त गर्नु भयकोछ आफु हरु जस्तो सुकै भयपनि जनमतको भने सम्मान गर्न समेत बताउनु भएको छ।  नेकपाको दुईतिहाई सरकार भएको भएपनि देशले राहत नपाउने ठोकुवा गर्दै संबिधान बनाउदा कम्युनिष्टका ४ जना विद्वान प्रधानमन्त्री भएपनि संबिधान जारी नभएको कुरा ख्याल गर्न समेत आग्रह गर्नु भयो ।

दुइतिहाई वा बहुमत जस्तो भएपनि संबिधानको भावना र मर्मबिपरीत अगाडी बढ्ने प्रयास गर्छ भने,  काँग्रेस चुप लागेर नबस्ने भन्दै ससक्त रुपमा प्रतिबाद गरिने बताउनु भयो । यति बेला सरकारका गतिविधि ले चौर्तर्फी रुपमा निरासा छाएको समेत बताउदै जतासुकै त्रासको बाताबरण छायको प्रति सजक रहन सरकारलाई आग्रह गर्नु भएको थियो । 

७ बर्ष अगाडि

प्रतिक्रिया