काठमाडौँ – प्रेस काउन्सिल नेपालले एभिन्यूज टेलिभिजनसँग स्पष्टीकरण माग गरेको छ ।
काउन्सिलले समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्यूज टेलिभिजनसँग स्पष्टीकरण माग गरेको हो ।
उपप्रधानमन्त्री यादवसँग आइतबार राति लिइएको अन्तर्वार्ताका क्रममा अन्तर्वार्ताकारले पत्रकार आचारसंहिताको ख्याल नगरेको र शिष्टतालाई ध्यान नदिइएको काउन्सिलको ठहर छ ।
एभिन्यूज टेलिभिजनलाई तीन दिनभित्र जवाफ दिन निर्देशन दिइएको काउन्सिलले जनाएको छ ।
प्रतिक्रिया