काठमाडौं – शेयर बजारमा सबैभन्दा ठूलो बजार पूँजीकरण नेपाल टेलिकमको नाफामा करिब रु २ अर्बले गिरावट आएको छ ।
अघिल्लो वर्षको ९ महिनामा रहेको रु ११ अर्ब ८५ करोड ६४ लाख नाफाबाट घटेर रु ९ अर्ब ९८ करोडमा झरेको छ । यो भनेको करिब रु १ अर्ब ८७ करोडको गिरावट हो ।
उक्त नाफाको गिरावटमा टेलिकमको कोर बिजिनेसमा भएको गिरावट कारकको रुपमा रहेको छ । अघिल्लो वर्ष ९ महिनामा यो आम्दानी रु २९ अर्ब ३९ करोड थियो तर यो वर्षको सोही समयमा आम्दानी घटेर रु २७ अर्ब ५० करोडमा झरेको छ । अन्य आम्दानी भने रु २३ करोडले बढाएर रु ४ अर्ब ६९ करोड पुर्याएको छ ।
आम्दानी घटेको टेलिकमले कर्मचारी तथा अन्य प्रशासनिक खर्चलाई यो वर्ष प्रभावकारी बनाएर त्यस्ता खर्चहरुको वृद्धि भने रोकेको छ । टेलिकमले कमाएको नाफामा आधारमा प्रति शेयर आम्दानी ८८.७५ रुपैंया हुँदा मूल्य आम्दानी अनुपात ८.९९ गुणा छ ।
प्रतिक्रिया