युवतीको मोलमोलाइ हुन थालेपछि काठमाडौंमा सादा पोसाकमा प्रहरी

६ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा हुने यौनजन्य क्रियाकलाप तथा खुलमखुला रुपमा हुने यौन बार्गेनिङ रोक्न अभियान सुरु गरेको छ ।  राजधानी दैनिकमा खबर छापिएको छ ।

सार्वजनिक स्थानमा अपाच्य हुनेगरी यौनलक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसर काठमाडौंले यस्तो गतिविधि रोक्न भन्दै आइतबारबाट विशेष अभियमान सुरु गरेको हो । 
परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले मानिसलाई अपच हुनेगरी सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप हुन थालेपछि त्यसलाई रोक्न प्रहरीले विशेष अभियान सुरु गरेको बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया