टाटा सुमोको ठक्करबाट मृत्यु

७ बर्ष अगाडि


सिमरा  जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा टाटा सुमोको टक्करबाट आज एक जनाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय सिमरका अनुसार टाटा सुमोको ठक्करबाट स्थानीयवासी नन्दु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना १ ज ७४९७ नं को सुमोले विपरीत दिशातर्फ जाँदै गरेको ना १८प ८१०५ नं को मोटरसाइकललाई ठक्कर दिँदा चौधरी घाइते भएका थिए । 

घाइते चौधरीको उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयर लागिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडाँै पठाइएकामा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया