१५ लाख ९० हजार भारतीय नोटसहित ६ जना समातिए

७ बर्ष अगाडि

काठमाडौं– अवैध भारतीय नोटसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 
काठमाडौंको नयाँ बजारमा रहेको  होटल मेट्रो ईनबाट  प्रहरीले १५ हजार ९० हजार ५००भारु सहित धादिङका शम्भु परियार, दोलखाका राम बिक्रम खड्का, कास्कीका सन्तोष थापा, बागलुङका नबिन थापा, काभ्रेपलान्चोकका  राजेन्द्र तामाङ र धनध्वज तामाङलाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


 

७ बर्ष अगाडि

प्रतिक्रिया