काठमाडौँ – 'राष्ट्रिय समाजवादी पार्टी, नेपाल'का केन्द्रीय अध्यक्ष रुद्र जङ पुलामीले नेपाल सरकारले हालै प्रेस स्वतन्त्रता हनन हुनेगरी ल्याएको विधेयक खारेजीको माग गरेका छन् ।
आज एक बिज्ञप्ती प्रकाशित गर्दै पुलामीले हालै सरकारले ल्याएको विधेयकले प्रेस जगतलाई कस्ने काम गर्ने भन्दै उक्त विधेयक खारेजको माग गरेका हुन् ।
सरकारले ल्याएको उक्त विधेयकको अहिले विरोध भइरहेको छ ।
एभिन्यूज टेलिभिजनको ब्यूरो कार्यालयमा भएको टोडफोडको घोर भत्र्सना
त्यसैगरी विज्ञप्तिमा भनिएको छ, आज दिउसो वीरगन्जस्थित एभिन्यूज टेलिभिजनको ब्यूरो कार्यालयमा कर्म चारीहरु काम गरिरहेको अवस्थामा नकावधारी केहि कार्यकर्ताबाट आक्रमण र तोडफोड गरिएको घटना लोकतन्त्र एवम प्रेस जगतमाथी कै आक्रमण भएको हुँदा हाम्रो दल रासपा, नेपाल त्यस प्रकारको नितान्त आमानवीय घटनाको घोर भर्त्सना गर्दछ । नेपाल सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने उद्धेश्यस्वरुप नया प्रेस विधेयक ल्याउनु र सरकारमा रहेको दलको कार्यकर्ताबाट सन्चार गृहमाथी आक्रमण गरिनु गम्भिर त्रुटी भएको हुनाले लोकतन्त्र र प्रेस स्वतन्त्रताको सम्मान गर्न हामी सबै पक्षसग आग्रह गर्दछौ ।
प्रतिक्रिया