काठमाडौँ – साझा विवेकशील पार्टीका अध्यक्ष रविन्द्र मिश्रले कार्यक्रममा पत्रकारले अतिथिलाई झपार्न नमिल्ने बताएका छन् ।
मिश्रले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको विवादित अन्तरवार्तामा पत्रकारको कमजोरी औल्याएका हुन् ।
पार्टी कार्यालय बखुन्डोलमा आयोजित पत्रकार सम्मेलनमा उनले पत्रकार कुनैपनि हालतमा आक्रोशित हुन नमिल्ने बताए । उनले पत्रकार आचार संहियता र पत्रकारको धर्म अनुसार त्यसरी झपार्न नपाइने बताए । उहाँ जत्तिको उचाइ भएको राजनीतिज्ञले जे गर्नुभयो, त्यो उहाँलाई सुहाउने कुरा होइन ।
तर, अतिथिले औंला ठड्यायो वा चड्कन हान्यो भने पनि अन्तर्वार्ताकारले त्यसलाई जस्ताको त्यस्तै जवाफ दिन हुँदैन । संयम राख्न सक्नुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया