समाजवादी पार्टी र राजपाबीच एकीकरणका लागि छलफल सुरु

७ बर्ष अगाडि

काठमाडौँ – नवगठित समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरणका लागि छलफल सुरु भएको छ । लामो समय रोकिएको छलफल फेरि सुरु भएको नेताहरुले बताएका छन् ।

पहिलो चरणमा अनौपचारिक छलफल सुरु भएको र लगत्तै औपचारीक वार्ताबाट निस्कर्षमा पुग्ने समाजवादीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । नयाँ शक्ति र फोरम नेपालबीच एकीकरण भई समाजवादी पार्टी, नेपाल बनेपछि वार्ता समिति गठन गरेर छलफल शुरु भएको उनले जानकारी दिए । श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

राजपा नेपालका नेताहरूसँग अनौपचारिक कुराकानी शुरु भएको र सकारात्मक रुपमा अगाडि बढेको बताए । उनले राजपा नेपाल पनि एकीकरणप्रति सकारात्मक रहेको जानकारी दिए ।

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले सरकारबाट बाहिरिनु पर्ने सर्तमा आफूहरु अडिग रहेको बताए । आज पनि अनौपचारीक कुराकानी हुने नेताहरुले बताएका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया