काठमाडौँ – 'को बन्छ करोडपति'को शनिबारको एपिसोडमा मोरङका एक व्यक्तिले एक करोण रुपैया जितेका छन् ।
एपी वान टेलिभिजनद्वारा सञ्चालित रियालिटी शो 'को बन्छ करोडपति' बाट मोरङका राजिव जैनले १५ ओटा प्रश्नको शहि जवाफ दिएर १ करोण धनराशी जितेका हुन् ।
उक्त कार्यक्रममा राजेश हमालले राजिवलाई अन्तिम प्रश्नको रुपमा २००७ सालको प्रजातन्त्रपछिको पहिलो ऐतिहासिक चुनावको घोषण कहिले भएको थियो ? भन्ने प्रश्न सोधेका थिए ।
यसको उत्तरमा राजिव जैनले वि सं २०१४ माघ १९ गते भनेका थिए । सो उत्तर शहि भएपछि जैनले १ करोणको धनराशी जित्न सफल भएका थिए ।
प्रतिक्रिया