राजीव जैनले जिते एक करोड

७ बर्ष अगाडि

काठमाडौं– नेपाली संस्करण को बन्छ करोडपतिमा राजीव जैनले एक करोड जितेका छन् । 
मोरङ विराटनगरका जैनले कार्यक्रममा सोधिएको १५ वटै प्रश्नको सही जवाफ दिँदै एक करोड जितेका हुन् । 

शनिबारको एपिसोडमा उनले निरन्तर १३ प्रश्नको सही जवाफ दिँदै २५ लाख जित्दा निर्धारित समय सकिएको थियो । त्यसपछि आइतबार बाँकी २ वटा प्रश्नको पनि सही उत्तर दिए । 
अहिलेसम्म यो संस्करणको कार्यक्रममा यति धेरै प्रश्नको उत्तर मिलाउने जैन पहिलो भएको कार्यक्रम होस्ट नायक राजेश हमालले बताए । 

७ बर्ष अगाडि

प्रतिक्रिया