महालेखाले सरकारलाई सोध्यो–महानगरको भ्यू टावरको तला २९ बाट १२ मा  किन ?

७ बर्ष अगाडि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले पूरानो बस पार्कमा निर्माण गर्न लागेको  भ्यू टावरमा नीतिगत तथा प्रक्रियागत रुपमा कमजोरी रहेको पाइएको छ ।
कूल २९ तले बहुउद्देश्यिय भवन निर्माण गर्ने भनिएपनि भूचालोको कारण देखाएर १२ तला मात्रै बनाउन लागिएको तथा निर्माण व्यवसायीको छनौटमा समेत प्रक्रिया नमिलाइएको पाइएको महालेखाले जनाएको छ ।
महालेखाले केही दिन पहिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५५ औं वार्षिक प्रतिवेदनमा काठमाडौं भ्यू टावर निर्माण प्रक्रियामा गलत भएको देखाएको छ ।
महानगरपालिकाको १८ औं नगरपरिषद्ले काठमाडौं महानगरपालिका पूरानो बसपार्कको २३ रोपनी ६ आना जग्गामा २९ तले बहुउद्देश्यीय भवन निर्माण गर्ने निर्णय गरेको थियो ।
त्यसका लागि सबैभन्दा बढी रोयल्टी कबोल गर्ने एक निर्माण व्यवसायीले उक्त टावर बनाई ३० वर्ष परिचालन गर्न लागत अनुमान रु ३ अर्ब ७५ करोड रहेको र निर्माण सम्पन्न नहुँदासम्म बार्षिक रु.९८ लाख र निर्माण सम्पन्न पश्चात् २७ वर्ष वार्षिक रु २ करोड ३५ लाखले रु.६६ करोड ४० लाख रोयल्टी बुझाउने र ३० वर्षपछि भवन महानगरपालिकाको स्वामित्वमा आउने गरी आशयपत्र जारी गरिएको थियो ।
सो आशयपत्र जारी गर्दा भवन गर्दा २९ तल्लाको बनाउने निर्णय भएपनि भूकम्पका कारण १२ तल्ला मात्र नक्सा पास भएको छ । निर्माण व्यवसायीले २९ तल्ला बनाउन सम्झौता भएकोले सो बमोजिम स्वीकृति माग गरेकोमा हालसम्म स्वीकृत समेत गरिएको छैन ।
भौगर्भिक अवस्थालाई मध्यनजर राखेर विवाद निरुपण गर्नुपर्नेमा त्यसो नगरी नीतिगत रुपमा नै प्रस्टताको अभाव रहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया