काठमाडौं । सरकारको लापरवाहीका कारण वर्षेनी नेपालीको टाउकोमा ऋणको भार बढ्दै गएको छ ।
सरकारले विभिन्न विकास निर्माणका लागि भन्दै आन्तरिक तथा बाह्य रुपमा लिएको ऋणका काकरण वर्षेनी ऋणको मात्रा बढ्दै गएको हो । त्यसबाट नेपाली प्रत्येक वर्ष गरिब बन्दै गएका छन् । पछिल्लो एक वर्षमा मात्रै नेपालीको टाउकोमा रु दुई हजार ११४ ले ऋण बढ्न गएको छ ।
आर्थिक वर्ष २०७३÷७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु २४ हजार २७६ पुगेको हो । महालेखा नियन्त्रक कार्यालयले पेस गरेको विवरणमा आव २०७३÷७४ सम्म सरकारको कूल ऋण दायित्व रु छ खर्ब ९७ अर्ब ६९ करोड रहेको छ ।
आन्तरिक ऋण रु दुई खर्ब ८३ अर्ब ७१ करोड रहेको छ । यस्तै वैदेशिक ऋण रु चार खर्ब १३ अर्ब ९८ करोड रहेको छ । उक्त ऋण आव २०७३÷७४ को कूल गार्हस्थ्य उत्पादनको २६।८४ प्रतिशत रहेको हो । त्यसमा आन्तरिक ऋण १०।९१ प्रतिशत र वैदेशिक ऋण १५।९३ प्रतिशत रहेको छ ।
कूल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कूल ऋण दायित्व रु २४ हजार २७६ रहेको छ ।
प्रतिक्रिया