काठमाण्डौँ – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सुनको बाला सहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले यही वैशाख २८ गते १५:४५ बजे तनहुँ व्यास नगरपालिका-१० का सगर दराईलाई सुनको जस्तो देखिने धातुको वाला २ थान सहित नियन्त्रणमा लिएको छ ।
आबुदाबीबाट ओमन एयरको फ्याईट नम्बर WY0337 बाट काठमाण्डौ आएका दराईलाई विमानस्थलको उडान तर्फको अगमन पार्किङ एरियामा चेकजाँच गर्ने क्रमामा निजको साथबाट प्रहरीले भन्सार छली ल्याएको सुनको जस्तो देखिने धातुको वाला २ थान बरामद गरेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया