१३ घण्टामा ५३ जनाको शल्यक्रिया गरी डा. भण्डारीको टोलीले राख्यो विश्व रेकर्ड

७ बर्ष अगाडि

भारत – इन्दोरका विशेषज्ञ डाक्टरहरुको एउटा समूहले १३ घण्टा २० मिनेटको अवधीमा ५३ जनाको मोटोपना घटाउने सर्जरी गरी विश्व कीर्तिमान कायम गरेका छन् । सर्जरीपछि चिकित्सकको टोली नेतालाई ‘वर्ल्ड बुक अफ रिकर्डस’ लण्डनले विश्व कीर्तिमानको प्रमाणपत्र दिएको छ ।

विशेषज्ञ टोलीका संयोजक बरिष्ठ सर्जन डा. मोहित भण्डारीका अनुसार सर्जरी गत दश दिन अघि (१ मे २०१९) भएको हो । डा. भण्डारीको नेतृत्वमा खटिएका ११ जना चिकित्सकको टोलीले विहान ६ बजे देखि बेलुका ७ बजेर २० मिनेटसम्म फरक फरक बेरियाट्रिक सर्जरी (मोटोपना घटाउने अप्रेशन) गरेका थिए ।

यो सर्जरी गराउने ३५ जना महिला र १८ जना पुरुष थिए जसमा एक एक जना बंगलादेश र केन्याका समेत थिए । डा. भण्डारीले सर्जरी गराउनेहरुको उमेर २३ बर्ष देखि ६८ बर्ष सम्मका रहेको छ ।

उनले सर्जरी गराउन आउनेहरुको तौल १०० किलोग्राम देखि १८० किलोग्राम सम्म भएको बताए । उनले ती व्यक्तिहरु मोटोपनाकै कारण मधुमेह, हाइपरटेन्सन, स्लीप एपनिया सिन्ड्रोम सहित केही गम्भीर रोगहरुसंग जुधिरहेका बताए ।

सर्जरी गराउन आएका केही व्यक्तिहरु त यस्ता थिए की बढी तौलकै कारण उनीहरुको दैनिक जीवनमा समेत अफ्टेरो परिसकेको थियो । उनीहरु आफ्नै घरबाट निस्कन समेत सकेका थिएनन् ।

डा भण्डारीले बेरियाट्रिक सर्जरी पछि केही दिन अस्पताल राखेपछि अहिले सबै डिस्चार्ज भइसकेको बताए । एजेन्सी

७ बर्ष अगाडि

प्रतिक्रिया