डा. भट्टराई भन्छन्: आगामी वर्षको बजेट बिरालो बाधेर श्राद्ध गर्ने विधि मात्रै

७ बर्ष अगाडि

काठमाडौँ – समाजवादी पार्टीका अध्यक्ष एवम् प्रतिनिधी सांसद डा. बाबुराम भट्टराई ले आगामी वर्षको बजेटमा सिद्धान्त र प्राथमिकतामा नरहेर अर्थमन्त्रीले बजेट ल्याउन लागेको बताएका छन् । 

आज बसेको प्रतिनिधी सभा बैठकमा आव २०७६–२०७७ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताको विषयको छलफलमा बोल्दै डा. भट्टराईले भने विद्वान अर्थमन्त्रीले आगामी वर्षको वजेटमा आफैमाथि पनि न्याय नगर्ने खालको वजेट ल्याउन लागेको आरोप लगाए । 

उनले भने, अर्थमन्त्री विषय विज्ञ पनि हुनुहुन्छ, धेरै अपेक्षा पनि उहाँबाट गरिएको हो, तर यो निर्माण गर्दा कता कता समयको अभावले हो कि, इच्क्षा शक्तिको अभावले हो कि, अलि अर्ध निन्द्रामा भएको मान्छेले हाइ काड्दै अल्छी लागि लागि कन केही निवन्ध लेखेजस्तो गरेर वजेट आयो । उनले थपे यसमा न नविनता छ,न तिव्र ढङ्गले दिसाबोध गर्ने प्रतिवद्धता छ । 

उनले यस वजेट कर्मकाण्डी खालको बवेट आएको भन्दै भने, यो खाली यउटा कर्मकाण्डी खालको वजेट आएको छ । उनले थपे यो बिरालो बाधेर श्राद्ध गर्ने खालको मात्रै विधि हुन्छ कि भनेर चिन्ता लागेर आयो । 

सिद्धान्त र प्राथमिकतामा नरहेको वजेट आएको भन्दै सभामुख मार्फत डा. भट्टराइले अर्थमन्त्रीको ध्यानाकर्षण पनि गराएका थिए  । 

अघिल्लो पटकको संसद बैठकमा अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रि-वजेट प्रस्तुत गरेका थिए । 

७ बर्ष अगाडि

प्रतिक्रिया