गोरखा पत्रकार मञ्च गठन

६ बर्ष अगाडि


राजधानीमा कार्यरत गोरखाली पत्रकारहरु संगठित भएका छन् । गोरखाबाट काठमाडौँ आइ पत्रकारितामा सलग्न पत्रकारहरूले गोरखा पत्रकार मञ्च नामक सस्था गठन गरेका हुन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रम मार्फत पत्रकारहरुले गोरखा पत्रकार मञ्च गठन गरेका हुन् ।

उक्त कार्यक्रमले १३ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । प्रदिपराज वन्तको संयोजकत्वमा बैठकले तदर्थ समिति गठन गरेको हो ।

बैठकले रामजी दाहाल, खिलबहादुर भण्डारी, अमृत दाहाल र सुशील अर्याललाई सल्लाहकार तोकेको छ ।

बैठकले तदर्थ समितिमा सोविता रिसाल, विनोद ढकाल, मञ्जिमा ढकाल, सागर पन्त, रक्षा रेग्मी, अर्जुन पन्त, सुमन पण्डित, विकास भट्टराई, सुवास भट्ट, प्रदिपराज वन्त, टुना भट्ट, जापान गुरुङ र देवराज गुरुङलाई चयन गरेको छ ।

बैठकले आगामी कामको जिम्मेवारी तदर्थ समितिलाई दिएको समयोजक वन्तले जानकारी दिए । बैठकले एक महिनाभित्रमा मञ्चको अधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया