एक लाख अमेरिकी डलरसहित भारतीय महिला विमानस्थलबाट पक्राउ

७ बर्ष अगाडि

काठमाडौं– प्रहरीले एक लाख अवैध अमेरिकी डलरसहित एक भारतीय महिलालाई विमानस्थलबाट पक्राउ गरेको छ । 

शुक्रबार नेपाल एयरलाइन्सको विमानबाट मुम्बई जान लागेकी भारतीय नागरिक बन्दना सोनी भनिने बन्दना घनश्याम सोनीलाई प्रहरीले पक्राउ गरेको हो । 

चेकजाँचको क्रममा उनको साथबाट अमेरिकी डलर १०० दरको एक हजार थान लैजान लागेको अवस्थामा बराम दगरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता नारायण रञ्जितकारले जानकारी दिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया