लहडी निर्णयले गण्डकी गाउँपालिकाका अध्यक्ष तनावमा, गल्ती स्वीकार गरे

७ बर्ष अगाडि

गोरखा। गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानामगरले गाउँ कार्यपालिकाको निर्णय विपरित केन्द्र निर्माण प्रक्रिया आगाडि बढाउनु गल्ती भएको स्वीकार गरेका छन् । आफू निकटस्थहरुको छलफलमा रानामगरले यस्तो गल्ती स्वीकार गरेका हुन् । 

अध्यक्ष रानामगरले केही दिन अघि गाउँपालिकाको केन्द्र निर्माण गर्ने भन्दै भुम्लिचोक- ६ मा डोजर चलाएका थिए ।  अध्यक्ष रानामगरले आफ्नो घर नजिकै केन्द्र राख्ने प्रयास गरेको भन्दै उनको कडा आलोचान भएको थियो । 

रानामगरले अहिले आफू पार्टीकै साथीहरूको गलत दवाब र नियतको सिकार भएको बताउने गरेको उनी निकट श्रोतले आजको अर्थलाई जानकारी दिएको छ ।  ‘कार्यपालिकाले निर्णय गर्नुपर्थो  तर रशेमजीले आइडाडा र वनटार कुनै हालतमा हुदैन भन्नुभयो जसले गर्दा म दवाबमा परेर विवादमा फसे’, उनको भनाई उदृत गर्दै श्रोतले भन्यो । 

रेशम गुरुङ नेपाली कांग्रेसका स्थानीय नेता हुन् ।  

गाउँपालिकाको केन्द्र सार्ने बिषयमा ०७४ कात्तिक ३० गतेको गाउँपालिकाको बैठकको बहुमत सदस्यले निर्णय गरेको थियो । स्रोतका अनुसार यस विषयमा वडाका वडाअध्यक्षलाई समेत जानकारी नदिई अध्यक्ष रानामगरले डोजर लगाएका थिए । 

गाउँपालिकाको हरेक काममा गुरुङले आफुलाई अनावस्यक दवाब दिने गरेको रानामगरले आफू निकटसंग दुखेसो पोख्ने गरेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया