'सुन साइँली'का रेकर्डिस्ट बुहारी हत्याको आरोपमा पक्राउ

७ बर्ष अगाडि

काठमाडौँ – भाइ–बुहारीको हत्या गरेको आरोपमा 'सुन साइली' गीतको रेकर्डिस्ट उज्वल महत पक्राउ परेका छन् । उनले बिहीबार दिउँसो २५ वर्षीय बुहारी अञ्जना महतमाथि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

बुहारीको हत्या गरेपछि घरमै रहेकी आमालाई उनले त्यसबारे जानकारी गराएका थिए । त्यसपछि प्रहरीलाई खबर भएको थियो । प्रहरी पुग्दा उनी घरमै थिए । हत्याको कारणबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुले बताए । नयापत्रिकामा खबर छ । 

बहुचर्चित गीत ‘सुन साइली’को उनले रेकर्डिस्टका रुपमा काम गरेका थिए । केही गीतमा उनले संगित पनि भरेका छन् । उनमा मानसिक समस्या रहेको प्रहरीको प्रारम्भिक छानबिनमा खुलेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया