प्रधानमन्त्रीको नाम लिँदै यतिसम्म गर्छन् भाटभटेनी मालिक मिनबहादुर गुरुङ

७ बर्ष अगाडि

काठमाडौं – आफूलाई नेकपाका शक्तिशाली महासचिव बताउने विष्णु पौडेल समेत जोडिएको बालुवाटारको जग्गा प्रकरण एक पछि अर्को गर्दै थप रहस्यमयी बन्दै गएको छ । 

सरकारले देशैभरका सरकारी जग्गाको छानबनिका लागि अर्को एक आयोग पनि बनाएको सन्दर्भमा बालुवाटारको जग्गा थप रहस्यमयी बन्दै गएको हो । सरकारी जग्गा माथि माफियाको नजर लागेपछि कसको के लाग्दो रहेछ र ? भएको त्यस्तै छ । एक पछि अर्को गर्दै जग्गा प्रकरणमा जोडिएका नयाँ नयाँ व्यत्तिः र समूहको नाम समेत खुलासा हुँदै गएको छ । 

सो जग्गामा भाटभटेनी समूहका मालिक मिनबहादुर गुरुङ समेत ठूलो हिस्सेदार रहेको र उनको समेत प्रत्यक्ष सहभागिता रहेको पाइएको छ । सरकारी जग्गा हडपेको पाप तिर्नका लागि उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्ष बनाएको समेत चर्चा काठमाडौँमा हुन थालेको छ । 

पाप गरेपछि त्यसलाई पखाल्न अनेकन तिकडम गर्नुपर्छ भने जस्तै गुरुङले शिक्षण अस्पतालमा केही रकम लगानी गरेको जस्तो देखिएको हो । पछिल्लो समय मिनबहादुरको हिमचिम बालुवाटारसँग पनि बढी नै रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका भित्रियाहरुसँग उनको उठबस बढी छ । विशेष गरी विष्णु रिमाल र अच्यूत मैनालीहरुसँग उनको साँझ विहानको खाना समेत सँगै हुने गरेको देखी जान्नेहरु बताउँछन् । 

भाटभटेनीका  प्रमुख सञ्चालक रहेका  गुरुङले भूमाफियाद्वय डा शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई पुरापुर साथ दिएको समेत शारदाप्रसाद त्रिताल प्रतिवेदनले समेत देखाएको छ । जानकारहरुका अनुसार मालपोत कार्यालय डिल्लीबजारको मिसिलमा गुरुङले आफू र आफन्तका नाममा ६२ कित्ता जग्गा राखेको पाइएको छ । 

६२ कित्ता जग्गामा उनले सबै आफन्त र नजिकका नातागोतालाई समेत समावेश गरेका छन् । विष्णु पौडेल जोडिएको जग्गा समेत उनकै साँध सीमानामा रहेको छ ।  कुमारी बैंकको सञ्चालक समितिमा ढकालसँगै गुरुङ पनि थिए । ढकाल र गुरुङले बालुवाटार मात्रै होइन काठमाडौ, पोखरा, धरान,विराटनगरलगायतका प्रमुख शहरका धेरै स्थानमा समेत सरकारी जग्गा अतिक्रमण गरेको पाइएको छ । गुरुङले आफन्त र भूमाफियासँगको मिलेमतोमा ठूलो मात्रामा सरकारी जग्गा कब्जा गरेको त्रिताल प्रतिवेदनले समेत औल्याएको छ । 

सरकारको तथ्यांकमा समेत उनले दशेभर नै खोलको भाटभटेनी डिपार्टमेन्ट स्टोरमा समेत सरकारी जग्गा मिचिएको पाइएको छ । नारायणगढको मुख्य सडकसँगै जोडेर निर्माण गरिएको भाटभटेनीले पनि सरकारी जग्गा मिचेको चितवनका जानकारहरुका बताउँछन् । सरकारी जग्गा हत्याउन सफल भएपछि गुरुङ एक पछि अर्को गर्दै होसिदै गएको देखिन्छ । 

जानकारहरुका अनुसार  गुरुङले हात पारेको जग्गामा अधिकांश आफन्तका नाममा छन् भने कतिपय उनको डिपार्टमेन्टल स्टोर्सको नाममा समेत रहेको पाइएको छ । एकल, संयुक्त र कम्पनी गरी उनको मातहतमा आएको जग्गाको क्षेत्रफल मात्रै २० रोपनी आठ आना तीन दाम बराबरको रहेको छ । 

सरकारी जग्गा हत्याउने क्रममा गुरुङको नाममा रहेका कित्ता रहेको फाइल डिल्लीबजार मालपोत कार्यालयबाट गायब पारिएको थियो । त्यसका लागि गुरुङले सरकारी स्रोत र साधनको दुरुपयोग गरेको छानबिन प्रतिवेदनले समेत औल्याएको छ ।  

प्रधानमन्त्री कार्यालयसहित उच्च पदस्थ सरकारी पदाधिकारीको बसोबास रहेको बालुवाटारस्थित जग्गाका अन्य मिसिल पनि गायब पार्न उनै गुरुङ र ढकालको मिलेमतो रहेको पाइएको छ ।  सरकारी जग्गाको मिसिल गायब पार्ने काममा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीले ढकाल, सुवेदी र गुरुङलाई साथ दिएको देखिन्छ । 

सरकारी जग्गा हडपेका जग्गाका मिसिल गायब पारिएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यसको खोजी गरेको भएपनि पत्ता लाग्न सकेको छैत । सरकारले गुरुङलाई पक्राउ गरेर दुई चार दनक दिए गुरुङले मिसिल कहाँ राखेका छन् भन्ने समेत पत्ता लाग्न सक्छ, नेपाल प्रहरीका एक उच्च अधिकारीको तर्क छ । 

सरकारी छानबिन टोलीले पत्ता लगाएको सरकारी जग्गाको सिमिलमा गुरुङको आफन्त र कम्पननीको नाममा मात्रै धेरै जग्गा देखिनु संयोग मात्रै नभएको जानकारहरुको भनाइ छ । भूमाफिया ढकाल र सुवेदीसँगको मिलेमतोमा प्राप्त जग्गामध्ये सबैभन्दा धेरै कित्ता गुरुङले आफन्तद्वय इन्द्रदेव गुरुङ र नितु गुरुङको नाममा राखेको समेत पाइन्छ ।  उनीहरुको नाममा विभिन्न क्षेत्रफलका २४ कित्ता जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ । 

छानबनि समितिका अनुसार इन्द्रदेवको नाममा १० कित्ता जग्गा रहेको  छ भने नितुको नाममा १४ कित्ता जग्गा रहेको छ । यसरी हडपेको सार्वजनिक जग्गा मीनबहादुर गुरुङले आफ्ना भाइ पहलमान गुरुङको नाममा समेत दुई कित्ता राखेका छन् ।  जग्गा हडप्ने क्रममा प्राप्त सरकारी जग्गालाई मीनबहादुरले छोरा र छोरीको नाममा पनि राखेको छानबनि समितिले देखाएको छ । यस्तै छोरा कल्याण गुरुङको नाममा १० कित्ता रहेको छ भने छोरी कामना गुरुङको नाममा ९ कित्ता जग्गा रहेको समितिको प्रतिवेदनमा उल्लेख छ ।   

यस्तै  गुरुङले आफन्तपछि भूमाफियाहरुसँग पनि संयुक्त नाममा जग्गा राखेका पाइएको छ । त्रिताल नेतृत्वको छानबिन समितिले भूमाफिया किटान गरेको डा ढकाल र सुवेदीसँग सँगोलमा गुरुङको नामामा एक कित्ता जग्गा रहेको पाइएको छ ।  गुरुङले सार्वजनिक जग्गाको यत्तिका कित्ता किन र कसरी आफ्नो नाममा राखे भन्नेबारे मन्त्रालयको छानबिन समितिले विस्तृत रुपमा अनुसन्धान गरिरहेको जनाएको छ । गुरुङ ढकाल र सुवेदीको लगानीकर्ता वा साझेदारमध्ये के हुन् भन्ने बारेमा भने खोजबिन जरुरी रहेको बताइन्छ । 

ढकाल र गुरुङको सम्बन्ध पूरानै हो । उनीहरु  कुमारी बैंकको सञ्चालक समितिमा रहँदा पनि यस्ता गैरकानूनी काम गर्न विशेष क्षमता राख्ने गरेका थिए । पछिल्लो पटक  बालुवाटार जग्गा प्रकरण सुरु भएपछि ढकाल भने फरार भएका छन् । उनी कुनै समय कुमारी बैंकको अध्यक्ष पड्काउन भए भरमा सबै तिकडम समेत गरेका थिए । जग्गा विवाद सार्वजनिक भएपछि कुमारी बैंकले उनलाई सञ्चालक समितिबाट हटाएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया