आईपीएल : उपाधि दाैडमा दिल्ली, फाइलनका लागि चेन्नाईको सामना गर्दै

६ बर्ष अगाडि


इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार साँझ दोस्रो क्वालिफायर खेल हुँदै छ । उपाधि होडमा रहेको दिल्ली क्यापिटल्सले गत वर्षको विजेता टोली चेन्नाई सुपर किंग्ससँग खेल्दै छ । खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ ।

विजेताले उपाधिका लागि मुम्बई इन्डियन्सको सामना गर्नेछ । मुम्बई इन्डियन्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । उसले चेन्नाईलाई पराजित गरेको थियो ।

आजको खेल जितेर दिल्ली पहिलोपटक आईपीएलको फाइनल पुग्दै इतिहास रच्ने दाउमा छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया