लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ ।
धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले बिहीबार यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानार्कषण गराएका थिए ।
सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड विल्डर्सबीच ६ बुँदे सहस्थानीय, व्यापारी तथा उक्त सडकखण्ड कालोपत्र गर्ने ठेकेदारबीच भएको सम्झौताअनुसार आइतबारदेखि नै ठेकेदार कम्पनीले कालाेपत्रे सुरु गर्ने सहमति भएको छ ।
बौद्ध व्यापार संघका अध्यक्ष दीपक चौलागाईंले कालोपत्र गर्नुपूर्व रोलर लगाउने, सबवेस, बेस बनाउने काम कार्य आजैदेखि सुरु गर्ने सहमति भएको बताए ।
ठेकेदार कम्पनीका प्रमुख शकुन्तलालाल हिराचन, काठमाडौं महानगरपालिका वडाध्यक्ष दीपेन्द्र लामा, बौद्ध व्यापार संघका अध्यक्ष चौलागाईं, स्थानीय तथा टुसाल युवा क्लबका प्रतिनिधिसहित बसेको बैठकबाट सहमति भएको चौलागाईंले जानकारी दिए ।
बिहीबार बिहान ८ः३० बजेदेखि सुरु भएको आन्दोलनमा प्रहरीले व्यापक बल प्रयोग गरेको थियो ।
प्रतिक्रिया