सलमान खानको कालो कपडाको ‘राज’

६ बर्ष अगाडि

मुम्बई – बलिउड अभिनेता सलमान खान प्रायः कालो रङको कपडामा देखिन्छन् । तपाईंले पनि उनको तस्बिरमा देख्नुभएकै होला । उनी धेरैजसो कालो रङको कपडाहरुमा देखिन्छन् । उनी सधैँ किन कालो रङकै कपडामा देखिन्छन् त ? 

उनका फेशन डिजाइनर एशले रेबेलोले उनको यो राजको पर्दा खोलिदिएका छन् । उनले भर्खरै सामाजिक सञ्जालमा प्रश्नोत्तरवाला खेल खेलेका थिए । त्यसैक्रममा एक समर्थले सलमानको कपडा बदल्न आग्रह गरेका थिए । 

उक्त प्रश्नको जवाफमा उनले सलमान खानलाई कालो रङ मात्रै मन पर्ने र उनी सोही रङको कपडा लगाउँन मन पराउने बताए । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया