काठमाडौँ – शुक्रबार संसद बैठक सुरु हुने वित्तिकै सभामुख कृष्ण बहादुर महराले नीति तथा कार्यक्रम पारित भएको दिन वैशाख २४ गते प्रयोग भएका सबै असंसदीय शब्द हटाउन निर्देशन दिएका छन् ।
‘नेपाल सरकारको नीति तथा कार्यक्रमबारे सम्माननीय प्रधानमन्त्री ज्यूले स्पष्टीकरण तथा माननीय सदस्यहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकुल नरहेका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन गदर्छु’, सभामुख महराले भने ।
नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कुण्ठा युक्त र निम्सरा प्रश्नको जवाफ दिन्न भनेपछि संसदमा विवाद भएको थियो ।
प्रतिक्रिया