दुई पार्टी एकता छिटै हुन्छ:गृहमन्त्री

७ बर्ष अगाडि

चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दुई पार्टी एकताका लागि छिट्टै मिति तोकिने बताएका छन् । वैशाख ९ गते तयारी नपुग्दा ढिला भएको भन्दै थापाले यस्तो बताएका हुन् ।
आज चितवनको भरतपुर विमानस्थलमा प्रेस सेन्टर नेपाल चितवन शाखाद्धारा आयोजित पत्रकार सम्मेलनमा उनले एमालले र माओवादी केन्द्रबीच सबै विषयमा टुंगो लागिसकेको भन्दै छिट्टै एकता हुने दावी गरे।
कम्यूयुनिष्ट पार्टीको एकतापछि केन्द्रमा सह–अध्यक्षको मोडेल र जिल्ला तहमा दुई पदीय नेतृत्वको मोडेल तयार गरेर सिफारिस गरेको समेत उनले जानकारी गराएका छन्।

‘जनयुद्धको भूमिकालाई संरक्षण गर्ने र संगठनात्मक विषयमा नेतृत्वको मोडालिटी कस्तो हुने भन्ने विषय पनि टुंगिसकेको छ, उनले भने दुई पार्टीका सबै नेतालाई संगठनात्मक मोडेलका आधारमा व्यवस्थापन गरिनेछ ।’
पार्टी एकतामा आवश्यक पुर्वाधार तयार भईसकेको भन्दै उनले एकताका लागि राजनैतिक, बैचारिक र संगठनात्मक आधारहरु तय भईसकेको उनले दावी गरे ।
साथै मन्त्री बादलले प्रहरी प्रशासन संघीय संरचना अनुसार संचालन भईरहेको बताए । गृहमन्त्री बादलले संघीय प्रणाली कार्यान्वयनका लागी गृह मन्त्रालयले कार्यकारी आदेश जारी गरी सकेको बताए । उनले देशमा संघीय प्रहरी र प्रदेश प्रहरीको संरचना हुने भन्दै त्यसको समन्वयको लागी कार्यकारी आदेश जारी गरेको जानकारी दिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया