काठमाडौँ –नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनकी पत्नी सीता दाहाल बिहीबार बेहुला–बेहुली बनेका छन् ।
आफ्नो वैवाहिक जीवनको ५० औं वर्षगाँठका अवसरमा प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रममा प्रचण्ड र उनकी पत्नी बेहुला–बेहुली बनेका हुन् ।
कार्यक्रममा प्रचण्डले र प्रचण्ड पत्नी दुवैले दुबोको माला लगाएका थिए भने यो अवसरमा गरिएको बिहेमा पञ्चेबाजा समेत बजाइएको थियो ।
प्रचण्ड पत्नी सीता लामो समयदेखि अस्वस्थ रहेकी छिन् । कार्यक्रममा बोल्दै प्रचण्डले आज आयोजित कार्यक्रमले सीता दाहालको स्वास्थ्यमा मनोवैज्ञानिक रूपले सकारात्मक प्रभाव पर्ने बताए ।
प्रतिक्रिया