सञ्चारमन्त्रीको प्रतिवाद: के कांग्रेस महेन्द्रको जय नेपालवादी हो ?

७ बर्ष अगाडि

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले महेन्द्रले प्रयोगमा ल्याएको 'जय नेपाल' भन्ने कांग्रेसले 'मेरो सरकार को विषय निकालेर निहुँ खोजेको आरोप लगाएका छन् । 

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउन बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले २०१७ सालमा महेन्द्रले बीपी कोइरालालाई अपदस्त गरिसकेपछि अन्तिममा जय नेपाल, पशुपतिनाथले सबैको कल्याण गरुन् भनेको स्मरण गर्दै भने, 'कांग्रेसले महेन्द्रले भनेको जय नेपाल शब्द बोकेर हिँडेको छ । के कांग्रेस महेन्द्रको जय नेपालवादी हो र ?' 

उनले बीपी कोइराला चीन जाँदा मेरो सरकार, मेरो देश भनेको स्मरण गराउँदै स-साना विषयमा नलाग्न आग्रह गरे। 'साना शब्दतिर हैन, मुलुकले सामाजिक, आर्थिक रुपान्तरणको कुन दिशा समातेको छ। त्यो हेर्नुपर्छ।'

सरकार सबैको भन्दै उनले भने, 'तपाईको नि सरकार हो, मेरो पनि सरकार, सम्माननीय राष्ट्रपतिज्यूको पनि सरकार हो।

७ बर्ष अगाडि

प्रतिक्रिया